नेपाली टाइम

ब्रेकिङ न्युज

नारी दिवसको अवसरमा श्रीमतीले श्रीमान् बोक्ने प्रतियोगिता

 समाज  


नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको छ। एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले आज फागुन २४ गते सो प्रतियोगिता गरिएको हो।
महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागी यस प्रकारको प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताएका छन्।देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो । उक्त दौड एक सय मिटरको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गएका छन्। त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँ खाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।