नेपाली टाइम

ब्रेकिङ न्युज

गोराखा जिल्लाभित्र र बाहिर गरी १० जनाको मृत्यू

 

गोरखा खबर


गोरखामा गत चैतदेखि आइतबारसम्म कोरोना संक्रमितको संख्या ७३३ पुगेको छ । जिल्लाभित्र पिसिआर परीक्षण गरिएको र बाहिर प्रमाणित भएको गरी सातसय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ जिल्लाभित्र संक्रमितको संख्या ६६३ रहेको छ भने जिल्लाबाहिर ७० जनामा कोरोना प्रमाणित भएको छ
आइतबारसम्म जिल्लाभित्र र बाहिर उपचार गरेका मध्य १३५ जनाले कोरोना जितेका छन् । हाल गोरखामा ५८८ जना मात्र सक्रिय संक्रमित रहेका उनले बताए । जिल्लाभित्र उपचारपछि ९८ जना कोरोनामुक्त भइसकेका छन् भने जिल्लाबाहिर कोरोनामुक्त हुनेको संख्या ३७ रहेको छ ।
जिल्लाभित्र र बाहिर गरी १० जनाको मृत्यू भएको छ संक्रमितमध्य ५६० जना जिल्लाभित्रको होम तथा अस्पतालको आइसोलेशनमा उपचाररत छन् । जिल्लाबाहिर २८ जना उपचाररत छन् ।
त्यस्तै गोरखा जिल्लाभित्र संक्रमित भएर मृत्यू हुनेको संख्या ५ रहेको छ भने जिल्लाबाहिर उपचार गरेर मृत्यू हुनेको संख्या पनि ५ नै रहेको छ
जिल्लाका बिभिन्न पालिकाका कोभिड अस्पतालमा उपचारका लागि ५४ जना भर्ना भएकामा हाल नौ जना उपचाररत छन् । ११ जना जिल्लाबाहिर रिफर भएका छन् भने ३३ जना डिस्चार्ज भएका महामारी फोकल पर्सन अर्यालले जानकारी दिए ।
गोरखा नगरपालिकामा जम्मा १३१ जना संक्रमित भएकामा २७ जनाले कोरोना जितेका छन् । पालुङ्टार नगरपालिकामा ७७ जना संक्रमित भएकामा सातजना कोरोनामुक्त भएका छन् । भीमसेनथापा गाउँपालिकामा १९० जना संक्रमित भएकामा ६० जना निको भइसकेका छन् । शहीदलखन गाउँपालिकामा १०० जना संक्रमित भएकामा तीनजना निको भइसकेको छ ।
अजीरकोट गाउँपालिकामा नौ जना संक्रमित छन् । सबै उपचाररत छन् । गण्डकी गाउँपालिकामा ३० जना संक्रमित रहेकामा एकजनालाई निको भएको छ । बारपाक सुलीकोटमा दुईजना संक्रमित भएकामा सबै उपचाररत छन् । सिरानचोक गाउँपालिकामा ३० जना संक्रमित उपचाररत छन् । आरुघाट गाउँपालिकामा ७६ जना उपचाररत छन् । धार्चेमा १८ जना उपचाररत छन् । चुमनुब्रीमा अहिलेसम्म संक्रमित देखिएका छैनन् ।