नेपाली टाइम

ब्रेकिङ न्युज

गाेरखाली गायिका लामाकाे ‘नराख कसैलाई म बस्ने मुटु’मा सार्बजनिक

 मनोरञ्जन 


  गाेरखा- फ्रेबुवरी १४ अर्थात प्रणय दिबश माया गर्नेहरुको लागि खास दिन मानिन्छ  ।

यस्तै भएको छ गाेरखाली गायिका चिजा तामाङलाई ।

यो दिन तर बास्तबिकतामा नभै एउटा मौलिक गितमा । प्रणय दिबशको दिन मौलिकतामा अधारित माया पिरती सङ्ग समर्पित नराख कसैलाई म बस्ने मुटुमा सार्बजनिक भएको छ ।

हेर्दा आधुनिक जस्तो देखिने यस गीत अन्य कौडा गीत भन्दा पृथक पाइन्छ। गायक गायिकाको यो नै पहिलो मौलिक गीत भने होइन कहिले सालैजो कहिले ठाडो भाका त कहिले कौडा गीतबाट दर्शकको मन मस्तिष्क बस्न सफल गाेरखाली गायिका तामाङलाई यस गीतमा पवन राना मगरले गायनमा साथ दिएका छ्न् ।

पवन राना मगर कै शब्द र संगीत रहेको गीत सुकमान गुरुङले बजारमा ल्याएका हुन । पछिल्लो समयको ज्ञान बिज्ञानलाई बुझेका गायक बिलन थापाले एरेन्ज गरेको गीतमा दिप गुरुङले निर्देशन गरेका छ्न् । लक्ष्मी गुरुङ, बिनिता गुरुङ, पार्बती गुरुङ, बबिता गुरुङ, जमुना गुरुङ, सुस्मिता तामाङ, गङ्गा गुरुङ र सर्मिला गुरुङको सामुहिक नृत्य रहेको म्यूजिक भिडियो दिप गुरुङको यूट्यूब च्यानलबाट बजारमा आएको हो ।

गाउँ घर तिर लोप हुन गईरहेको रोधी बस्ने परम्परालाई पुन स्थापित गराउन याे भिडियाे बजारमा ल्याएकाे हाे ।