नेपाली टाइम

ब्रेकिङ न्युज

प्रहरीले गर्‍यो घरेलु मदिरा नष्ट

 गोरखा खबर 


 गोरखा नगरपालिका ८ को रानीवन क्षेत्रको एक घरबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ ।


बरामद भएको सातसय लिटर रक्सी बनाउने कच्चापदार्थ र तयारी अवस्थाको ७५ लिटर रक्सी बुधबार एक कार्यक्रमका बीच नष्ट गरेको प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
रक्सी बनाउने एक महिला र सो घरका घरबेटीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अबदेखि घरेलु मदिरा उत्पादन नगर्ने सर्तमा सम्झाई बुझाई छाडिएको प्रहरी कार्यालयले जनाएको छ ।