नेपाली टाइम

ब्रेकिङ न्युज

देशलाई फूलमा आत्मनिर्भर बनाउने अभियामा लुम्बिनी पुष्प व्यवसायी

फोटो ग्यालरी     

 "देशलाई फूलमा आत्मनिर्भर बनाउने अभियामा लुम्बिनी पुष्प व्यवसायी संघका जिल्ला अध्यक्ष एवं प्रदेश ५ का संयोजक रमेश पाण्डे" - भारतबाट आयातित फूल भन्दा आफनै माटोमा फूल उत्पादन गर्ने सोचले प्रदेश ५ सरकारले अहिले पहल गरिरहेको छ। सरकारले  फूल खेती कसरी गर्ने भनेर तालिमको आयोजना गरिरहेको छ। व्यवसायिक पुष्प खेती तथा बगैंचा ब्यवस्थापन तालिम नाम दिइएको सोही तालिममा सहभागी महिलाहरु समुहनै गठन गरि पुष्पखेती गर्न लागेका छ्न । अहिले महिलाहरूले गरेको व्यावसायिक खेती गरेर राम्रो आम्दानी लिन थालेका छ्न।

अहिले रुपन्देही ,पाल्पा,बाके जिल्लामा महिलाहरू समूह बनाएर व्यावसायिक पुष्प खेतिमा लागेका छ्न। तिहार नजिकिदै जादा आफुले लगाएको सयपत्री फुल बेच्ने तयारीमा महिला समूह लागेका छ्न।
कम लगानीमा फूल खेती गर्न सकिने भएपछि महिलाहरु फूल खेती तर्फ आकर्षित भएको बताउछन लुम्बिनी पुष्प व्यवसायी संघका जिल्ला अध्यक्ष एवं प्रदेश ५ का संयोजक रमेश पाण्डे ।
तिहारको समयका मात्र प्रदेशमा ५ लाखमाला आवश्यक रहेको अनुमान गरिएको उनले बताए । आगामी ५ बर्षमा प्रदेश फूलमा आत्मनिर्भर हुने अपेक्षा गरिएको बताउदै अहिले प्रदेशका १२ ओटै जिल्लामा व्यबसायिक पुष्प खेती सुरु गरिएको जानकारी गराए ।

संयोजक पाण्डेले अहिले कृषक समुहहरुलाई प्राबिधिक सहयोग समेत गरिरहेका छन् । प्रदेश ५ तराई पहाड मिलेर बनेको प्रदेश भएकाले पनि बाह्रै महिना फूल खेती गर्न सकिने संयोजक पाण्डेले बताए प्रदेश सरकारले “व्यावसायिक पुष्प खेती गरौं,आत्मनिर्भर बनौं, आयात होइन निर्यात गरौं,” भन्ने नारा नै तय गरेको छ । यहि नारा अनुसार प्रदेश सरकारले पुष्पखेती गर्नेहरुमा लागी अनुदानसमेत दिने गरेको छ ।