नेपाली टाइम

ब्रेकिङ न्युज

आँबुखैरेनीमा डरलाग्दो दुर्घटना, युवतीको घटनास्थलमा मृत्यु

 अपराध दुर्घटना    


आँबुखैरेनी: आँबूखैरेनी ३ आँबुखैरेनी चोकमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको कारमा ठक्कर खाँदा घटनास्थलमै मृत्यु भएको छ ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटको ठक्करबाट ना.१९ प ९२४ नम्बरको मोटरसाइकल ग.३ च २०८४ नम्बरको कारमा गई ठक्कर खाँदा लम्जुङ मध्यनेपाल न.पा ६ भोर्लेटार निवासी १७ वर्षीया अन्बेसा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमार, ना.१९ प ९२४ नम्बरको मोसा चालक: जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं ४ बस्ने बर्ष ५१ को युवराज घिमिरे घाइते छन् ।

यसैगरी,ग.३ च २०८४ नम्बरको चालक:-जिल्ला स्याङजा चापाकोट न.पा ८ बगैचा बस्ने बर्ष ३७ को श्रीराम घिमिरे पनि घाइते भएको प्रहरीले जनाएको छ ।