नेपाली टाइम

ब्रेकिङ न्युज

विनयजंग बस्नेतको धम्कीपछि सपनाले दिइन् प्रहरीसमक्ष जाहेरी

 समाचार   


काठमाडौं, २ फागुन । विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिएको भन्दै सपना रोकामगरले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाई नांगो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले धम्की दिएपछि सपना उजुरी लिएर प्रहरीसमक्ष पुगेकी हुन् ।
युटुबका भाइरलम्यान बस्नेतले सपनालाई सार्वजनिक रुपमै धम्की दिएपछि केही दिनअघि सपना निवेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन् । गृहमन्त्रीकै सुझावका आधारमा आज सपना जाहेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन् ।
जाहेरी प्राप्त भएको भन्दै काठमाडौंका एसएसपी अशोक सिंहले बस्नेतलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिन लागिएको जानकारी दिएका छन ।
बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिँदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।
म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए ।