नेपाली टाइम

ब्रेकिङ न्युज

प्रथम शहिद स्मृति भलिवल प्रतियोगिता सम्पन्न

 खेल समाचार  


गोरखा ४, फागुन । सहिद लखन ५ भ्याकुरेमा शृजनशिल दियालो युवा कल्वको आयोजनामा  भएको प्रथम सहिद स्मृति भलिवल आयोजना सम्पन्न भएको छ । विभिन्न समयमा देशको निम्ति आहुति दिने शहिद हरुको सम्झना तथा प्रथम सहिद लखन थापा दिवस पारेर आयोजना गरेको यस खुल्ला भलिवल प्रतियोगितामा स्थानीय   १५ क्लवको सहभागिता रहेको थियो ।

पोल सिस्टममा खेलाईएकोे खेलमा लाङ्घालि सृजनसिल युवा कल्व सहिद लखन ४ रन्जेलि प्रथम , लालिगुराश युवा कल्व सहिद लखन ५  काहुले द्वितीय र उपशक्ति युवा कल्व सहिद लखन ४ तृतिय हुन सफल भएको थियो । जसमा प्रथम द्वितीय र तृतियलाई क्रमश बोका मेडल प्रमाणपत्र खादाले सम्मान गरिएको आयोजकले जनाएको छ  । मनोज राना  मगरको अध्यक्ष्यतामा  सम्पन्न भएको कार्यक्रममा शहिद लखन ५ का वडा अध्यक्ष यम बहादुर रानाको प्रमुख अतिथि र युवा समाजसेवि बिजय पुडासैनी बिशेष आतिथ्यता रहेको आयोजकको भनाई छ ।