नेपाली टाइम

ब्रेकिङ न्युज

बागलुङमा कोदालो प्रहार गरी एक जनाको हत्या, ६ जना घाईते

 अपराध दुर्घटना    


बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।

काठेखोला गाउँपालिका—२ भीमापोखरामा एक व्यक्तिले जथाभावी आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाईते भएको प्रहरीले जनाएको छ । भिमापोखराका सोमबहादुर किसानले कोदालो, दाउराको चिरपट, ढुङ्गाले प्रहार गर्दा स्थानीय यामबहादुर केसीको मृत्यु भएको हो ।

आक्रमणबाट घाईते भएका उनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा ल्याएपछि मृत घोषणा गरिएको बताईउको छ । आक्रमणमा परी घाईते भएका लक्ष्मी चापागाई , विष्णुमति चापागाईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए । कोदालो, दाउराको चिरपट, ढुङ्गा लगायतले जथाभावी प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । जथाभावी आक्रमण गर्ने किसान प्रहरी नियन्त्रणमा छन् ।