नेपाली टाइम

ब्रेकिङ न्युज

विश्वमा नयाँ आविष्कारका लागि फाभइजी प्रविधि ट्रान्सफर गर्न ह्वावे तयार

 बिज्ञान प्रबिधि  


काठमाडौं । ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले खुला नीतिलाई समर्थन गर्दै ह्वावे फाइभजी प्रविधि ट्रान्सफरका लागि तयार रहेको बताएका छन ।चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा बाेल्दै उनले खुला व्यापार नीतिले आपसी विकास सम्भव बनाउने भन्दै ग्लोबल आईसीटी इकोसिस्टम निमार्णका लागि ह्वावे फाइभजी प्रविधि ट्रान्सफर गर्न इच्छुक रहेको बताए ।
‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘किनकि प्रविधि हाम्रो समाज र वित्तीय सन्तुलनको लागि आवश्यक छ । यस्तोमा कुनै पनि एक कम्पनीले एक्लै विश्व उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासको हुन आवश्यक छ ।’
विश्वव्यापी रूपमा फाइभजीकोे सम्भावित प्रभावको बारेमा चासो देखाउँदै उनले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, फाइभजी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । जसमा सोर्स प्रोग्राम र सोर्स कोड देखि लिएर हार्डवेयर डिजाइनका साथै यसका ज्ञान र चिप डिजाइन समेत ट्रान्सफर गर्न तयार छौं ।’
अहिले आधुनिक विश्वव्यापीकरणमा उद्योग परनिर्भर छन् । जसका लागि खुला सप्लाई चेन र भौगोलिक क्षेत्रका कम्पनीबीच सहयोगको आवश्यकता छ । विश्वको अग्रणी आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावे इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको प्रयोग वृद्धि गर्न, माइनिङ, पोर्ट, फलाम र स्टिल, कोइला जस्ता विविध उद्योगका लागि प्लेटफर्म प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछ ।
त्यसैले कम्पनीले टेलिकम बाहेक विश्वभर १०० भन्दा बढी अनुसन्धान केन्द्र र संयुक्त प्रयोगशाला सन्चालन गरेको छ, जसले गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञानजस्ता क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ ।