नेपाली टाइम

ब्रेकिङ न्युज

धार्चेमा आज असिनापानी, खेतीबालीमा क्षती

 समाज   


गोरखाको धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा आज दिउँसो असिना पानी परेको छ । असिनाका कारण खेतीबालीमा क्षती पुगेको लापुका स्थानीय बिरवल गुरुङले बताए ।

दिउँसो साँढे २ बजेदेखि करिब दुई घण्टा असिनापानी परेको उनले बताए । ‘असिनाका कारण जौ, गहुँ, आलु खेतीमा क्षती पुगेको छ’ उनले भने । चिसो धेरै बढेकाले जनजिवन पनि प्रभावित बनेको उनले बताए । असिना धेरै समय परेकाले खेतीबालीमा असर पुग्ने चिन्तामा किसान छन् ।